९ लाख नगद नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ

पोखरा । पोखराबाट ९ लाख रुपैयाँ नगद नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । कास्की जिल्ला प्रहरी कार्यालयले पोखरा ११ फूलबारीबाट २७ वर्षीया मन्दिरा मगरलाई पक्राउ गरेको हो । छापा मार्ने क्रममा उनको साथबाट ब्राउन सुगर १०२.३७ ग्राम र ९ लाख रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ।

ब्राउन सुगर जोख्न प्रयोग हुने एउटा डिजिटल तराजु र मोबाइल पनि बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । उनी लमजुङको मध्य नेपाल ६ स्थायी घर भई हाल पोखरामा डेरा गरी बस्दै आएकी थिइन् । उनको कोठाबाटै सामानहरू बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लागू औषधको बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

बरामद गरिएको ब्राउन सुगर र नगद ल्याब टेस्टका लागि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *