प्रधानमन्त्री कार्यालयकाे निर्देशन– सरकारी वेबसाइट अद्यावधिक गर्नू, फोन पनि उठाउनू

काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार तथा स्थानीय तहलाई आफ्ना वेबसाइटमा कर्मचारीहरूको विवरण अद्यावधिक गर्न र सेवाग्राहीका गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ।

कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार सार्वजनिक निकायका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता तथा सूचना अधिकारीको विवरण पुरानो हुनुका साथै कार्यालयका टेलिफोन तथा मोबाइल फोन नउठ्ने गुनासो बढ्दै गएको उल्लेख गरिएको छ।

यसलाई मध्यनजर गर्दै सम्बन्धित सबै निकायलाई आफ्ना कर्मचारीहरूको नाम, मोबाइल नम्बर र इमेल ठेगाना तत्काल वेबसाइटमा अद्यावधिक गर्न आग्रह गरिएको छ। साथै कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयभित्र अनिवार्य रूपमा फोन उठाई नागरिक तथा सेवाग्राहीले माग गरेका सूचना उपलब्ध गराउने र गुनासोको शीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

671996240_1323149856383285_2598612570862306599_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *