काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले सोमबार निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार वैशाख ९ गते विधान तथा निर्वाचन निर्देशिका सम्बन्धी छलफल, १० गते १ बजे मतदाता नामावली प्रकाशन, १ः ३० बजे दाबी विरोध, १ः ४५ बजे दाबी विरोध उपर जाँचबुझ, २ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ ।
वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारीका लागि दरखास्त, १२ः १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिने जनाइएको छ ।
त्यस्तै दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिकामा जनाइएको छ ।
यस्तो छ निर्वाचन कार्यतालिका


