यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी  स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।

मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-ई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *