कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न आग्रह गरेको छ।

त्रिविको सामान्य प्रशासन साखाले एक सूचना जारी गर्दै उक्त सम्पत्ति ३५ दिनभित्र फिर्ता नगरेमा नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।

विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिहरु केही व्यक्ति कम्पनी तथा संघ संस्थाले कानून विपरित अनाधिकृत रुपमा कब्जा, भोग तथा नियन्त्रण गरेको भन्दै सो सम्पत्ति फिर्ता गर्न ताकेता गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *