काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
कोशी प्रदेशको पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भू-भागलगायत बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
