काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो ।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ४९ हजार ८३० रुपैयाँ कायम गरिएको छ ।
