राप्रपाको युवा संगठन संयोजक केसीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ । आज (बुधबार) न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई रिहा गर्न आदेश दिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बारेमा सामाजिक सञ्जालमा लेखेको आधारमा केसीलाई पक्राउ गरिएको थियो । सर्वोच्चले उनलाई गैरकानुनी थुनामा राखिएको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *