काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत पहिलो बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
चैत ११ गते बिहीबार दिउँसो २ बजेका लागि तय भएको बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको उक्त सम्भावित कार्यसूची अनुसार बैठकमा आठ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन् ।
बैठकको प्रारम्भमै ज्येष्ठ सांसद सदस्य वा सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपछि प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी दिइने छ ।

