रवि लामिछानेको बयान : प्रहरी आत्तिएको अवस्थामा भीडले धकेल्दै बाहिर पुर्‍यायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका बेला आफूले कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको बयान दिएका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष लामिछानेले भदौ २३ गते कारागारको अवस्था सामान्य नै रहे पनि २४ गते आफूलाई कारागारका नाइकेहरूले बोलाएर बाहिर असामान्य स्थिति सिर्जना भएको तथा ठुलो भीड जम्मा भएकाले पार्टीको जिम्मामा पठाउनुपर्ने अवस्था आएको खुलाएका छन् ।

‘तथापि जेल प्रशासनले भीडलाई म स्वयंले सम्झाउन सक्ने भन्दै पटक पटक आग्रह गरेपछि म कारागार प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ’, लामिछानेले भनेका छन्, ‘प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्‍यायो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *