कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

काठमाडौं । उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङ प्रस्थान गरेका छन्।

सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ प्रस्थान गरेका हुन्।

उनी हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *