वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरेको छ । कामपा वातावरण विभागले वायु गुणस्तर निगरानीका लागि जडान गरिएको यन्त्रले वायुको गुणस्तर १५० भन्दा बढी देखाएकाले सचेत रहन आग्रह गरेको हो।

विभाग प्रमुख सरिता राईले वायु प्रदूषण हुनुको मुख्य कारण सवारी साधनबाट निस्कने धुँवा, सडक तथा अन्य निर्माण गतिविध भएकाले वायु प्रदूषण गर्ने गतिविधि कम गर्न आग्रह गर्नुभयो । वायु प्रदूषण हुँदा बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी तथा स्वासप्रस्वाससम्बन्धी समस्या भएका बिरामी तथा दीर्घरोग लागेका बिरामी बढी जोखिममा पर्ने भएकाले थप सचेत रहन पनि कामपाले आग्रह गरेको छ ।

कामपाले नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत सम्भार गर्न, सवारीसाधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर चलाउन, प्लास्टिकजन्य सामग्री नबाल्न, निर्माणजन्य सामाग्री फुटपाथमा नराख्न, उद्योग कलकारखाना, अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्डभित्र रहेर मात्र गर्न गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *