तोलामा ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *