गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताएका छन् । उनले चाँडो उक्त पदमा नियुक्तिको टुंगो लगाउन आग्रह गरे । आज बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने भए पनि ढिलाइ भइरहेकोप्रति विरोध जनाए “गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन, यो जनताको हितविपरित छ”, उनले भने । तराई पहाड, हिमाललाई एकताबद्ध रूपमा जोड्न र आर्थिक समृद्धिमा टेवा पुर्‍याउन मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताए । पहाडका जनताका समस्या समाधान गर्न सरकारलाई खबरदारी गरिने उनको भनाइ छ । यसैगरी सुदूरपश्चिमको विकास नभई देशको विकास सम्भव नहुने धारणा उनले राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *