नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढल्दा किचेर दुई जनाको मृत्यु, तीन घाइते

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

शुक्रबार दिउँसो आएको हावाहुरीले रुख ढल्दा च्यापिएर उनीहरुको मृत्यु भएको हो । सडक प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख ढल्दा उनीहरु च्यापिकएका थिए ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार मृत्यु हुनेका ३० वर्षकी मीरा बयम्बु र ४० वर्षका दुर्गाबहादुर पुन छन् ।

रुखले च्यापिएर नरमती परियार, दुर्गेश्वर खाम्चा मगर र अनिल थापा घाइते भएका छन् । उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *