रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो । मिश्रलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् । गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो । मिश्र सोही राति ९ बजेतिर पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *