“सर्लाहीको विकासको अर्को नाम नरेन्द्र साह”

सान्दाजु ।

सर्लाही तराईको उर्वर भूमि, बहुसांस्कृतिक समाज र ऐतिहासिक चेतनाले भरिएको जिल्ला आज पनि विकासको यात्रामा संघर्षरत छ। प्राकृतिक साधन स्रोत, मेहनती जनता र भौगोलिक सम्भावनाका बाबजुद सर्लाहीले त्यो गति लिन सकेन, जसको यहाँका नागरिक हकदार थिए। यसको प्रमुख कारण हो दूरदर्शी, इमानदार र जनमुखी नेतृत्वको अभाव। यही खालीपनलाई भरिदिने नाम हो नरेन्द्र साह कलवार। आज सर्लाहीमा “विकास” भन्ने शब्द उच्चारण गर्दा नरेन्द्र साह कलवारको नाम स्वत आउँछ। नरेन्द्र साह कुनै एक दिन उदाएको नेता होइनन्। उनी संघर्ष, सेवा र समर्पणबाट निख्रिएका नेता हुन्। गाउँ टोलमा दुःख, पीडा र अभाव नजिकबाट देखेर हुर्किएका नरेन्द्रले सधैं “राजनीति सेवा हो” भन्ने मान्यतालाई आफ्नो जीवनको मूलमन्त्र बनाए। यही सोचले उनलाई सर्लाहीको राजनीतिमा फरक पहिचान दिलायो।

सडकदेखि संसदसम्मको संघर्ष गर्दा नरेन्द्र साहको राजनीतिक यात्रा सजिलो थिएन। नरेन्द्र साहको राजनितिमा सडकको यात्रा नगरेको नभएपनि उद्यमसिलतामा भने सडकदेखिनै संघर्ष गरेका व्याक्ति हुन साह ।  साहले देशको आर्थिक समस्या र युवा हरुको आसा बुझेका व्याक्ति हुन । उनी नेपाली युवाहरुले खाडि मुलुक जानुको पिडालाइ सम्झिदै भन्छन युवा हरुले विदेश श्रम बेच्नु भन्दा सिपवेच्न गए देसको सिर उचोहुन्छ ।

देशको बिकास गर्दा युवा हरुलाइ स्वोदेसमै रोजगारिको सृजना गर्नु पर्छ । साहले भन्ने गरेका छन देश बोलेर होइन काम गरेर बिकास हुन्छ र स्वोरोजगार भए देशको बिकास  हुन्छ भन्दै आएका छन । उनी सत्ता, पद वा लाभका लागि राजनीतिमा आएका होइनन्। उनी समाजमा व्याप्त अन्याय, गरिबी, शोषण र राज्यको उपेक्षाविरुद्ध आवाज उठाउँदै राजनीतिमा होमिएका हुन्। सुरुमा स्थानीय स्तरमा युवाहरूलाई संगठित गर्दै, किसान र मजदुरका समस्या उठाउँदै उनी सार्वजनिक जीवनमा चिनिन थाले। गाँउका गरिव किसानलाइ आवस्यक सामानको व्यवस्था गर्दै समाजसेवा बाट अगाडि आए । सर्लाहीका ग्रामीण बस्तीहरूमा वर्षौंदेखि नपुगेको सरकारी सेवा, सिँचाइको अभाव, शिक्षा र स्वास्थ्यको कमजोर अवस्था देखेर उनले प्रश्न गर्न थाले राज्य आखिर कसका लागि हो? यही प्रश्नले उनलाई राजनीतिक रूपमा परिपक्व बनायो।

स्थानीय आन्दोलन, सामाजिक अभियान र जनसंघर्षमा सक्रिय हुँदै जाँदा नरेन्द्र साह कलवार सर्लाहीका जनताको भरोसाको पात्र बन्दै गए। उनी भाषणमा मात्र होइन, व्यवहारमा पनि जनताको पक्षमा उभिने नेता हुन् भन्ने प्रमाण पटक पटक देखियो। नरेन्द्र साह कलवारलाई राजनीतिज्ञ मात्र भन्नु अपूरो हुन्छ। उनी सच्चा अर्थमा समाजसेवी पनि हुन्। सर्लाहीमा विपद् पर्दा, बाढी आउँदा, आगलागी हुँदा वा महामारी फैलिँदा उनी अग्रपंक्तिमा देखिन्छन्। गरिबका छोराछोरीको पढाइ, बिरामीका उपचार, विपन्न परिवारको उद्धार यी सबै काममा उनी निस्वार्थ रूपमा लागिरहे। उनले राजनीति र समाजसेवाबीचको दूरी हटाएका छन्। जनताले उनलाई नेता भन्दा बढी आफ्नो मान्छे ठान्नुको कारण यही हो। राज्यको पहुँच नपुगेका ठाउँमा उनले आफ्नै पहलमा स्वास्थ्य शिविर, शैक्षिक सहयोग र राहत वितरण गरेका छन्। यसले जनताको मनमा नरेन्द्र साहप्रति गहिरो विश्वास जन्माएको छ। आज सर्लाहीका नागरिक थाकेका छन् झुटा आश्वासन, खोक्रा नाराहरू र चुनावी भाषणबाट। उनीहरूलाई चाहिएको छ, काम गर्ने नेता। यही कारण जनताको भरोसा नरेन्द्र साह कलवारमाथि केन्द्रित हुँदै गएको छ।

उनी जनतासँग बसेर कुरा गर्छन्, समस्या सुन्छन् र समाधान खोज्छन्। ठूला नेता हेलिकप्टरबाट ओर्लिन्छन्, भाषण गर्छन् र फर्किन्छन तर नरेन्द्र साह खेत खलिहान, गाउँ टोल र चिया पसलसम्म पुग्छन्। यही सरलता र आत्मीयताले जनताको मन जितेको छ। यो चुनाव सर्लाहीका लागि निर्णायक मोड हो। जनता पुराना, असफल र अवसरवादी नेतृत्वबाट आजित भइसकेका छन्। उनीहरूलाई परिवर्तन चाहिएको छ तर त्यो परिवर्तन नारा होइन, काममा देखिनुपर्छ।

२०५४ पछिको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा सर्लाहीबाट नेपाली कांग्रेस, एमाले, सद्भावना, मधेसवादी दल हुँदै आजका नयाँ शक्ति सम्मले प्रतिनिधित्व पाए। कहिले कांग्रेस बलियो भयो, कहिले एमाले। मधेस आन्दोलनपछि यहाँ जनमत पार्टी, लोसपा, जसपा जस्ता दलहरू पनि निर्णायक बने। यसरी हेर्दा, सर्लाही कहिल्यै एक दलको किल्ला रहेन यो सधैं जनताको मनले जित्ने मैदान रह्यो। सर्लाही–३ क्षेत्र त झन् राजनीतिक प्रयोगशाला नै बन्यो। पछिल्लो निर्वाचनमा यहाँ एमालेका हरि उप्रेती विजयी भए। तर त्यो जीत सहज थिएन। उनको सबभन्दा कडा प्रतिस्पर्धी थिए नरेन्द्र साहा कलवार। कलवार हारेर हराएनन्, बरु गाउँ गाउँमा अझै बलियो भएर बसे। आज उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पुन उम्मेदवार बनेर मैदानमा छन्।कांग्रेस स्थानीय तहमा गरेका कामको सूची देखाउँछ।

मधेसवादी दलहरू पहिचान र अधिकारको मुद्दा उठाउँछन्।

रास्वपा भ्रष्टाचारविरुद्ध, पारदर्शिता र सेवा केन्द्रित शासनको नारा बोकेर उत्रिएको छ। कतिपय दलले टुरिस्ट उम्मेदवार झिकेका छन् चुनावमा मात्र देखिने, बाँकी समय काठमाडौँमै बस्ने। तर सर्लाहीका मतदाता अब स्थानीय उपस्थिति खोजिरहेका छन्। सर्लाही फेरि एकचोटि इतिहासको दोबाटोमा उभिएको छ पुरानो संरचना कि नयाँ विकल्प? साहका राजनितिक र सामाजसेवा यात्रास्मरणका यी दृश्यहरू बीचबाट स्पष्ट देखिन्छ यसपटक चुनाव केवल दलको होइन, कामको मूल्यांकन पनि हो। नरेन्द्र साह कलवारको जितका आधारहरू स्पष्ट छन् उनले जे भने, त्यही गर्ने नेता हुन्।

सर्लाहीका समस्या भोगेका र बुझेका व्यक्ति हुन् र भ्रष्टाचारबाट टाढा रहेको छवि भएका एक उम्मेद्वार हुन ।समाजसेवामा देखिएको उनको योगदान जनताले बुझिसकेका छन् सर्लाहीको भविष्य नरेन्द्र साह जस्ता निष्ठावान् नेताको हातमा सुरक्षित छ।

सर्लाहीलाई अब परम्परागत राजनीति होइन, नयाँ सोच र नयाँ नेतृत्व चाहिएको छ। कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार यी सबै क्षेत्रमा गहिरो सुधार आवश्यक छ।

नरेन्द्र साह कलवारसँग सर्लाहीलाई आधुनिक, आत्मनिर्भर र समृद्ध बनाउने दृष्टि छ। उनी स्थानीय स्रोत र सीपको सदुपयोग गरेर विकास गर्न चाहन्छन्, बाहिरी ठेक्का र दलालीको राजनीति होइन। सर्लाहीको युवा विदेश जान बाध्य छन्, किसान उचित मूल्य पाउन सक्दैनन्, गाउँमा अस्पताल र कलेज छैनन् यी सबै समस्याको समाधानका लागि नरेन्द्र साह जस्ता प्रतिबद्ध नेता अपरिहार्य छन्। आज सर्लाही एउटा मोडमा उभिएको छ पुरानो असफल बाटो वा नयाँ आशाको यात्रा। यो यात्राको नेतृत्व गर्न सक्ने नाम हो नरेन्द्र साह कलवार। उनको राजनीतिक यात्रा, समाजसेवामा समर्पण, जनताप्रतिको इमानदारी र विकासप्रतिको दृष्टिले प्रमाणित गर्छ सर्लाहीको विकासको अर्को नाम भने नरेन्द्र साह कलवार नै हो। यदि सर्लाहीलाई साँच्चै बदल्नुछ भने, नरेन्द्र साहलाई जिताउनु केवल एउटा उम्मेदवारलाई जिताउनु होइन भविष्यलाई जिताउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *