निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । विवादित दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् । उनका अनुसार निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको छ । बढाएको उमेर हद लागु एक/एक वर्ष गरी गरिने छ । त्यस्तै कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । आजको समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको हो । विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ। विधेयकमा स्थानीय तहका कर्मचारीहरूको लागि १ पटकको लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *