एकैदिन तोलामा २१ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस २५) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार (पुस २४) छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८३५ रुपैयाँमा कारोबार थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *