एनआरएनए अमेरिकाले भन्योः मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)ले मन्त्री बब्लु गुप्तासँग आफ्नो संस्थाको कुनै पनि औपचारिक सम्बन्ध नरहेको स्पष्ट गरेको छ।

संघले आफ्नो नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भनी प्रचार गरिएका विवरणहरू आधारहीन र भ्रामक भएको जनाएको छ।

एनआरएनए अमेरिकाद्वारा जारी प्रेस विज्ञप्तिमा संघको तर्फबाट आयोजना हुने कुनै पनि कार्यक्रम, भेटघाट वा औपचारिक गतिविधिमा मन्त्री गुप्तालाई आमन्त्रण नगरिएको उल्लेख गरिएको छ।

संघले आफ्नो नाम, लोगो र संस्थागत पहिचान प्रयोग गरी अनुमति बिना कार्यक्रम वा गतिविधि सञ्चालन गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। यस्ता गतिविधिहरू संघको विधान तथा अमेरिकी कानुनको उल्लङ्घन भएको दाबी गर्दै, त्यसमा आफ्नो कुनै भूमिका वा संलग्नता नरहेको स्पष्ट पारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *