भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिनेछौं : एस जयशंकर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने बताएका छन्। इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले यस्तो बताएका हुन्। भारत–इरान मैत्री सन्धिको ७५ औं वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची भारत भ्रमणमा छन्। जयशंकरले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिए। अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने,‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो।’ भारतीय विदेशमन्त्रीले २२ अप्रिलमा पहलगाम आक्रमणपछि भारतले मे ७ मा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गर्दै सीमापार आक्रमण गरेको बताए। जयशंकरले भने,‘हामी तनाव बढाउन चाहँदैनौं, तर हामीविरुद्ध सैन्य कारबाही गरियो भने कडा प्रतिक्रिया दिनेछौं भन्नेमा कुनै शंका छैन।’ जयशंकरले छिमेकी र नजिकको साझेदारको रूपमा परिस्थितिबारे राम्ररी जानकार हुनु इरानलाई महत्त्वपूर्ण रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *