पूर्वगृहसचिव दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा

काठमाडौं । जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ ।

आयोगले मंगलबार पत्र पठाउँदै पूर्वगृहसचिव दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर  खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको हो । उनीहरूको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ ।

आयोगले दिएको पत्रमा स्थान हद  र विदेश भ्रमण फुकुवा गरेको उल्लेख छ। आयोगले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका  हिंसात्मक घटनाको अनुसन्धानका लागि उनीहरूमाथि स्थान हद लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *