काठमाडाैँ। मधेस प्रदेश सभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार बसेको सात राजनीतिक दलको बैठकले यादवको नाममा सहमति जुटाएपछि उनले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रदेश सभा सचिवालयले शनिबार दिउँसो ३ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो। सोही कार्यतालिका अनुसार यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको भन्दै पदमुक्त गरिएपछि मधेस प्रदेशमा सभामुख पद रिक्त थियो। रिक्त रहेको उक्त पदका लागि आइतबार निर्वाचन हुँदैछ।
दलहरूबीचको सहमति र सचिवालयको कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
