सत्य घटना लेख्दै छु । सायद यो घटना पढेर घण्टी पार्टीका नेता तथा कार्यकर्ताको पारो तात्न सक्छ । घण्टी पार्टीका भरौटे–झोलेहरुले तथानाम गाली गर्छन् भन्ने कुरा पनि मलाई थाह छ । तै पनि आफै भुक्त भोगी भएको हिँजो शुक्रबारको घटना म लेख्दैछु ।
पुस ४ गते शुक्रबार ११ बजे २ वटा काम लिएर काठमाडौं महानगर पालिका वडा नं १६ को कार्यालय पुगेँ । जुन वडामा म २०४७ सालदेखि बसोबास गर्दै आइरहेको छु । २०५४ सालको स्थानीय चुनावदेखि यही वडाको बनस्थली बुथबाट मतदान गर्दै आएको छु ।

त्यस दिन वडा कार्यालय जानु पर्नाका मुख्य कारण दुई वटा थिए ।
पहिलो कारण
सामाजिक सुरक्षा भत्ता वडा कार्यालयले किन साउनदेखिको नदिएर भदौ देखिको मात्रै दियो रु भन्ने जिज्ञासा राख्नु थियो ।
किनकी हाम्रो छोरा आविश्कार घिमिरेले पूर्ण अपांगको हैसियतमा संघीय सरकारले वडा नं १६ बाट प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता भुक्तानीका सन्दर्भमा वडाका राष्ट्रसेवक कर्मचारीहरुले पछिल्लो समयमा झमेला उत्पन्न गरिदिएका थिए । यही झमेलाका सन्दर्भमा वडा अध्यक्ष रोजिना श्रेष्ठसँग दुख विसाउने उद्देस्य थियो ।
के थियो झमेला ?
छोरा अविस्कारले सामाजिक सुरक्षा भत्ता पाउन २०८१ असारसम्म कुनै झमेला थिएन । वडा कार्यालयले उसको बैंक खातामा रकम राखिदिन्थ्यो । एनआइसी एशिया बैंकका कर्मचारीहरुले घरमै आएर चेकपत्रमा आबिस्कारको औंठा छाप लगाएर भुक्तानी दिन्थे ।
तर त्यो वर्षको साउनदेखि सामाजिक सुरक्षा भत्ताको परिचयपत्र ९पूर्ण अशक्त कार्ड० नविकरणका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने नियम ल्यायो । यो आँफैमा राम्रो नियम हो । तर सेलेबरल्स पाल्सीको जटिल समस्याका कारण पूर्ण अपांग बनेको आबिश्कारका लागि राष्ट्रिय परिचय पत्र बनाउने प्रयास सफल भएको थिएन । किनकी राष्ट्रिय परिचयपत्र बनाउन आँखाको तस्वीर र हातको पञ्जाको तस्वीर लिनुु पर्ने हुन्छ । जुन तस्वीर लिन आविश्कारको हकमा संभव भएन । धेरै पटकको कोसिस असफल भयो ।
केही समय पछि सरकारले पूर्ण असक्त भएकाहरुको हकमा सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने गरी गाँठो फुकाएको रहेछ । तर मैले यो कुरा थाह पाउन ढिलाई भएकोले २०८१ फागुनमा मात्रै वडा कार्यालय पुगेर उसको परिचयपत्र नविकरण गराँए ।
त्यतिबेला वडा कार्यालयको संवन्धित शाखाकी राष्ट्रसेवक कर्मचारी राजी डंगोलले भनिन्–‘अब तपाँइले साउनदेखि माघसम्मको भत्ता नपाउने हुनु भयो । फागुनदेखि असारसम्मको पाउनु हुन्छ । साउन– भदौ – म्याद भित्रै नविकरण गर्नेले मात्रै वर्षभरीका पाउँछन् ।’
उनको यो भनाई मलाई ठिकै लाग्यो । समयमै नविकरण नगर्नु मेरो कमजोरी हो भन्ने ठाने । तर फागुनदेखि असारसम्मको भत्ता पनि प्राप्त भएन । ०८१ साल साउन देखि २०८२ असारसम्म पुरै गोलमाल भयो ।
२०८२ सालमा साउन २० गते नै वडा कार्यालय पुगेर नविकरण गरेँ । तर भत्ता रकम भदौदेखिको मात्रै बैंक खातामा पठाइएको रहेछ । साउनको किन पठाइएन रु भनेर सोध्ने प्रयोजनका लागि म शुक्रबार वडा कार्यालय पुगेको थिएँ ।
प्रश्नका सन्दर्भमा कर्मचारीले दिएको जवाफ चित्त बुझेन ।

दोस्रो समस्या
साउन महिनाको गोलमाल भए पनि भदौ र असोजको रकम आबिश्कारको बैंक खातामा थियो ।
भुक्तानीका लागि जाँदा एनसीसी बैंक बनस्थली खरिवोट शाखाका कर्मचारीले सुझाव दिए–‘रकम भुक्तानीका लागि घरमै आउन समस्या भयो , अबिश्कारको आँठा छापमा पनि समस्या भयो, लाभग्राही पूर्ण असक्त भएकोले संरक्षक तथा अभिभावकका नाताले तपाँइको नाम तथा हस्ताक्षरमा रकम भुक्तानी गर्न सकिने कानुनी व्यवस्था छ । यसका लागि तपाइँले आफ्नो वडा कार्यालयको सिफारिस ल्याउनुु पर्नेछ । ’
बैंकका कर्मचारीले दिएको सुझाव अनुसार सिफारिस लिन वडा कार्यालय पुगेँ । सिफारिसका लागि निवेदन लिएर वडाध्यक्ष रोजिना श्रेष्ठलाई खोज्न थालेँ । उनी खाजा खाने ठाउँमा भेटिइन । हात जोडेर नमस्कार गर्दै निवेदन उनको अगाडी राखेँ । उनले टाउको देखि पैतालासम्म ठूला आँखा बनाएर हेर्दै र ओठ लेप्य्राँउँदै भनिन् बसाँइ सराइँको प्रमाणपत्र खोई ?
उनको यो प्रश्नका सन्दर्भमा मैले दुई वटा जिज्ञासा राख्न खोजेँ
१ बसाँइ सराँइको प्रमाणपत्र जमानामै पेश गरेर संवन्धित वडाको स्थायी बासिन्दा भइसकेको व्याक्तिका लागि यस्तो सामान्य गाँठो फुकाउने निवेदनमा पटक पटक बसाँइ सराँइको प्रमाणपत्र पेश गर्नु आवश्यकता हो की वाध्यता ?
२ अति शसक्त नागरिकका लागि जहाँ बसेको छ, राष्ट्र सेवक कर्मचारीहरुले त्यहीँ पुगेर सेवा प्रवाह गर्नु पर्ने मुलकको कानुनी व्यवस्था तथा यो कानुनी व्यवस्था कार्यान्वयनका लागि सर्वोच्च अदालतले पटक पटक दिएको आदेश आबिस्कार घिमिरेको हकमा कार्यान्वयन हुन्छ की हुँदैन ?
तर यी जिज्ञासा सुन्ने धैर्यता वडा अध्यक्ष रेजिना श्रेष्ठले राखिनन् । उनले अर्को दिन आउनोस भनिन् । तर म उभिरहेँ । त्यस पछि झट्ट हेर्दा बाउन्सर जस्ता देखिने एक जना जग्गा दलाल युवाले (उनको नाम उल्लेख गर्न चाहिन) मलाई हप्काउँदै भने,–‘नास्ताको बेलामा म्याडमलाई डिष्ट्रभ गर्ने होइन ।’
तै पनि मैले भन्न भ्याँए–‘ मैले आज आफ्नो अफिसमा विदा मिलाएर आएको हुँ , पटक पटक विदा मिलाउन सजिलो हुँदैन ।’
तर ‘मासु पसलेका अगाडी बाख्राको रोदन’ उखान जस्तो भयो ।
