काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुन: पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो।
यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए। पाँच महिनाअघि ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेर छुटेका अग्रवाललाई पुन: पक्राउ गर्नुको कारण ब्यूरोले सार्वजनिक गरेको छैन।
