काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
