काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
जसका कारण हाल देशभर मौसम मुख्यतया सफा रहने छ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ।
