काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।
प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले ४ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् नवनियुक्त मन्त्रीहरूलाई पौडेलले शपथ समेत गराएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्री माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई पौडेलले शपथ गराएका हुन् ।
