संविधान असफल भइसक्यो, फागुन २१ को निर्वाचनले निकास दिन्न : अध्यक्ष लिङ्देन

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान असफल भइरहेको टिप्पणी गर्दै फागुन २१ को निर्वाचनले कुनै निकास नदिने दाबी गरेका छन्। बुधबार बसेको राप्रपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्।

‘असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ,’ लिङ्देनले भने, ‘त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन।’ यो निर्वाचनले झन् जटिलता बढाउने उनले दाबी गरे। ‘त्यसले थप जटिलताहरू पैदा गर्ने र अहिले देखिएको समस्यालाई अलि पर ठेल्ने मात्रै काम गर्नेछ भन्ने हाम्रो धारणा छ,’ उनले भने।

त्यस कारण तोकिएको निर्वाचन अगावै पूर्व राजा र राजनीतिक दलहरूबिच नवीन समझदारी जरुरी रहेको लिङ्देनले बताए। उनले भने, ‘यथास्थितिमा चुनाव समस्याको समाधान होइन। राजासहितको नवीन समझदारी जरुरी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *