टिओबी समुहका तेञ्जिङ धरौटीमा रिहा

काठमाडौं । टिओबी समुहका तेञ्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई ५ लाख २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमाण्डर रहेका लामाविरुद्ध  नागरिकता, राहदानी, लिखतसम्बन्धी कसूर र लागुऔषध कसूरमा मुद्दा दर्ता गरिएको थियो ।

तिब्बतीयन मूलका तेन्जिङले अनुसन्धानको क्रममा नक्कली नेपाली नागरिकता, पासपोर्ट, जन्मदर्तालगायत अन्य कागजात बनाएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *