सुदूरपश्चिमलाई हराउदै विराटनगर दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स दोस्रो स्थानमा उक्लिएको छ । शनिबार सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछाएको विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । विराटनगरका लागि साम हीजलेटले ५१, फाफ डुप्लेसिसले ५० र मार्टिन गप्टिलले २२ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए ।

यसअघि  टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ सेखले सर्बाधिक ४५ रन बनाएका थिए भने इशान पाण्डेले ३८, जोश ब्राउनले २४, दिपेन्द्र सिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाएका थिए । त्यसैगरी विराटनगरका बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने प्रतिस जिसीले २ र बसिर अहमदले एक विकेट लिए ।

यो जितपछि एनपीएल दोस्रो सिजनको प्लेअफको समीकरण पनि पुरा भएको छ । जस अनुसार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *