उपेन्द्र भन्छन्- कांग्रेस-कम्युनिस्टको शासनमा शिक्षा-स्वास्थ्य ध्वस्त भयो, भ्रष्टाचार बढ्यो

ललितपुर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिस्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।

पार्टीनिकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमबार (मंसिर १५) ललितपुरमा सम्बोधन गर्दै यादवले यस्तो आरोप लगाएका हुन् । उनले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिस्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।

मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै यादवले त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको टिप्पणी गरे । फेरि पनि पुरानै राजनीतिक शक्तिहरूबाट मुलुकले निकास पाउन नसक्ने उनको दाबी छ ।

“नेपालमा बुहदल व्यवस्था आइसकेपछि करिब ३५ वर्षसम्म कांग्रेस–कम्युनिस्टले शासन गरे । अरुहरूले केही मन्त्रालय अथवा सहयोगी भूमिका निभाए । आज मुलुक शिक्षाको क्षेत्रका हिसाबले ध्वस्त भयो । स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ । युवाहरुलाई राम्रो शिक्षा र रोजगारी समेत दिन सकेनौँ,” यादवले भने, “३५ वर्ष कम्युनिस्ट–कांग्रेसहरूको शासनमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था पनि हुन सकेन । मुलुकमा भ्रष्टाचार, अराजकता, कमिशनतन्त्र बढेर गयो । जसको परिणाम युवाहरुले विद्रोह गरे ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *