काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थपिएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।
वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो । कांग्रेस केन्द्रीय समितिले बहुमतबाट कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सक्ने व्यवस्था छ । तर, केन्द्रीय समितिले २ महिना थप गर्ने निर्णय गरेको हो ।
