ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढेका छन् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढिरहेको बताएका छन् ।

सोमबार आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा थप रकम प्रवाह गरेर भन्दा पहिलाभन्दा तिव्र गतिमा कामहरु भइरहेको बताए ।

उनले भने, ‘राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा अहिले थप रकम प्रवाह गरेर काम सम्पन्न गराउनको लागि बाटो खुलेको छ । कतिपय राजमार्गहरुमा काम धेरै नै ढिला तरिकाले अगाडि बढेको थियो । अहिले ती राजमार्गहरुमा पहिलाभन्दा तिव्र गतिमा काम भएको छ ।’

यस्तै, उनले नेपालको अर्थतन्त्रको सही चित्र आमनागरिक समक्ष प्रस्तुत गर्नको लागि, कतिपय कुरामा सही सूचना प्रवाह गरेर अर्थतन्त्रलाई सहि दिशामा डोराउनको लागि सेजनले महत्वपूर्ण भूमिका खेलेको भन्दै सेजनलाई धन्यवाद दिए ।

सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरि सरकारी नीतिगत र कार्यपद्धती दुवैमा सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध मात्र होइन कार्यहरु पनि अगाडि बढाएको बताए ।

वर्तमान सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने नै रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘अहिलेको सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र सेवा प्रवाहमा अझै गुणात्मक सुधार गर्ने नै रहेको छ ।’

साथै, नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सबै मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *