निर्वाचनमा भाग लिन आयोगमा ११९ दलको १२० निवेदन दर्ता (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढ्न थालेको छ। निर्वाचन आयोगले आइतबारसम्मका लागि दल दर्ताको समय निर्धारण गरेको थियो।

यससँगै निर्वाचनमा भाग लिने उद्देश्यका साथ ११९ दलले आयोगमा निवेदन दर्ता भएका छन्। दल दर्ता गराउने समयसीमा आइतबारसम्म ११९ दलले १२० निवेदन दर्ता गएका हुन्।

१४ दलबाट दुई वा त्यसभन्दा बढी दल मिलेर एकल चुनाव चिह्न लिने गरी ६ वटा निवेदन परेको आयोगले जनाएको छ। तिनैमध्येका ९ दलले छुट्टाछुट्टै निवेदन समेत दर्ता गराएका छन्। एक्लै चुनाव लड्ने गरी १०५ दलको निवेदन दर्ता भएको छ,’ आयोगले भन्यो।

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै १४ दलको पनि निवेदन दर्ता भएको छ। पुराना राजनीतिक शक्तिलाई चुनौती दिन एक महिनायता मात्र दर्ता भएका २५ नयाँ दल दर्ता भएका छन्।

नयाँ दल दर्ता भएसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ। आयोगमा दर्ता भएका दलहरूले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन छुट्टै दल दर्ता गर्नुपर्छ। त्यसका लागि १ मंसिरदेखि आइतबारसम्म समय तोकिएको थियो।

निर्वाचनमा भाग लिन दर्ता गरिएका निवेदनमाथि आयोगले २० मंसिरसम्म छानबिन गरेर आयोगले अन्तिम सूची तयार पारेर नामावली राजपत्रमा प्रकाशन गर्नेछ। दर्ता किताबमा सूचीकृत दलहरूले मात्र आगामी निर्वाचनमा भाग लिन पाउनेछन्।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिन राजनीतिक दलमा उत्साह देखिएको छ। नयाँ दल थपिनु र पुराना राजनीतिक दलले पनि चुनावमा सहभागिता हुन खोज्नुले उत्साह देखाएको हो,’ आयोगले भन्यो। आयोगले कुनै राजनीतिक दल बाहिर नरहनु भन्ने ढंगबाट काम गरिरहेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। उनले निर्वाचनका लागि आयोग तयार र सक्षम रहेको समेत प्रस्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *