प्रधानमन्त्री कार्की र एमाले नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौँ । सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद आज बालुवाटारमा भइरहेको छ ।

संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् भने एमालेबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी रहेका छन् ।

एमालेले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक भएको भन्दै विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएको छ भने सडक प्रदर्शन र सर्वोच्च अदालतमा रिट समेत दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *