महेश बस्नेतले भने : अब ती आमाबाट देश चल्दैन, अब संसद् पुनर्स्थापना गर्नुपर्छ

काठमाडाैँ। नेकपा एमालेका नेता महेश बस्नेतले अब प्रधानमन्त्री सुशीला कार्कीबाट देश नचल्ने बताएका छन्। शुक्रबार एमालेको युथ भोलिन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।

‘संसद् विघटन गरेर, हाम्रो लोकतान्त्रिक पद्धतिमाथि हमला गरेर प्रधानन्यायाधीश भइसकेकी जेन–जीको भावना विपरीत ७३ वर्षकी आमैलाई विचरा खुट्टा खुच्याउँदै हिँड्नुहुन्छ,’ बस्नेतले भने, ‘अब ती आमाबाट देश चल्दैन। अब संसद् पुनर्स्थापना गर्नुपर्छ।’

लोकतन्त्र, विधिको शासन र सुशासनलाई ठिक ट्रयाकमा ल्याउन नेसनल भोलिन्टियर फोर्सले काम गर्ने बस्नेतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *