महेश बस्नेत भन्छन्- भोलेन्टियर फोर्स स्वयंसेवक र प्रतिरोधी संगठन हो

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले ‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन् ।

एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि  काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्‍यालीमा सहभागी बस्नेतले ‘जेनजी’ आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको जिकिर गरे ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रित गर्ने बस्नेतको दाबी छ । असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उदेश्यका साथ भोलेन्टियर फोर्स अघि बढ्ने उनले बताए ।

माइतीघर मण्डलमा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा पुगेर सभामा परिणत भएको थियो । नेसनल भोलेन्टियर फोर्समा एकजना कमान्डर र दुईजना सहायक कमान्डरको व्यवस्था गरिएको एमालेले जनाएको छ । हिमालयन टेलिभ्वाइस

Leave a Reply

Your email address will not be published. Required fields are marked *