झिनो अंकले घट्यो नेप्से, चार अर्ब ६८ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा बन्द भएको छ ।

काराेबार रकम भने बढेको छ । यसदिन चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार तीन अर्ब ७७ करोड ८६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज ११२ कम्पनीको सेयरमूल्य बढेको छ । १३८ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ । धवलागिरि लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एन्ड टुरिजम र झापा इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

बुंगल हाइड्रोको सेयर मूल्य ९.०५ प्रतिशतले घटेको छ । साहस ऊर्जाको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *