सरकारसँग ओलीको माग- दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा आज च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईँलाई समाउनु मानव अधिकारको उल्लङ्घन हो भनिसकेको अवस्थामा सरकारले उनलाई थुनिराख्न नमिल्ने ओलीको तर्क छ ।

दुर्गा प्रसाईँले दिउँसो भिडियो सार्वजनिक गरेकामा राति सुतिरहेको बेला समातेको बताउँदै ओलीले दुर्गा प्रसाईँले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन ? भन्दै प्रश्न गरे ।  प्रश्नको जवाफ थुनेर नहुने उनको तर्क छ ।

‘गिरफ्तार गरेर, मुख बन्द गरेर समस्या समाधान हुँदैन, म सरकारलाई भन्छु–दुर्गा प्रसाईँलाई तुरुन्त छाड्नुस्, बोलेको भरमा थुन्न पाइन्छ ?’, ओलीले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *