ओलीले भने– ‘नेपो बेबी’को हल्ला बालबालिकाविरोधी अपराध

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपो बेबीको कुरा मानवअधिकारविरोधी भएको टिप्पणी गरेका छन् । मंगलबार (मंसिर २) च्यासलमा विघटित संसदीय दलको बैठकमा नेपोबेबी भनेर अमानवीय, भडुवा क्रियाकलाप अघि बढाइएको बताए ।

“नेपो बेबीको हल्ला चलाइयो । बालबालिकाविरोधी अपराध हो । कुनै बालबालिकालाई आतंकित गर्न पाइँदैन,” उनले भने, “अत्यन्त गरिबका छोराछोरी आतंकित भएनन् होला । बाँकी खान–लगाउन पाउनेसम्मका छोराछोरी सबै ।”

बच्चाबच्ची धनसम्पत्ति कति छ भन्ने हिसाब गर्छ भन्दै सोधे । उनले कसैले केही गर्छ कि भनेर कलेज जान नमान्ने अवस्था बनेको सुुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *