सर्वोच्चले भन्यो- ‘मधेश प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त नगर्नु’

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँच सांसदहरुलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ ।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको १० वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको आधार देखाउँदै गत कात्तिक २७ गते जसपा नेपालबाट निर्वाचित ४ र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित १ गरी ५ जना सांसदलाई पदमुक्त गरेका थिए ।

जसपा नेपालका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नाउपाकी सांसद उर्मिला सिंहलाई पदमुक्त र्भएका थिए । सर्वोच्चकान्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो मुद्दामा कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *