यी हुन सबैभन्दा धेरै आयकर तिर्ने व्यक्ति र संस्था

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले कर दिवसको अवसरमा आज विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन् ।

यस वर्ष सबैभन्दा धेरै आयकर तिर्ने निकायको रूपमा नेपाल दूरसञ्चार प्राधिकरण चयन भएको छ भने एकलौटी फर्ममध्ये भने थर्ड आई इन्टरनेशनलले उच्चतम आयकर दाखिला गरेको छ । बस्तु निर्यात कारोबार गर्ने समूहतर्फ डाबर नेपाल र सूचना प्रविधि सेवा निर्यातमा संलग्न भेरिक्स नेपालले सबैभन्दा धेरै कर तिरेर सम्मानित भएका छन्।

त्यस्तैगरी, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म, बैंक, वित्तीय संस्था तथा बीमा कारोबार समूहमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शीर्ष करदाताको रूपमा सम्मानित भएका छन्। स्वास्थ्य तथा शिक्षा क्षेत्रका नोबेल हस्पिटल र पर्यटन व्यवसाय समूहमा सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता बनेका छन्। बस्तु व्यापारको क्षेत्रमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोरले सबैभन्दा धेरै कर तिरेको छ ।

वार्षिक कारोबार (५० करोडदेखि १०० करोड रुपैयाँसम्म) कारोबार गर्नेमा सि.डी.एस. एण्ड क्लियरिङ लिमिटेड,
उत्पादक उद्योग समूहमा भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेड र व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित गरिएको छन। त्यस्तै, वार्षिक कारोबार (५० करोडसम्म ) गर्ने व्यवसाय समूहमा भि.एफ. सर्भिसेज र विशेष उद्योग समूहमा यूनिलिभर नेपाल उत्कृष्ट करदाता बन्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *