सन्तोष परियारको राजीनामा पत्रमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । उनले आफूले ‘फरक खालको राजनीतिक अभियान’मा सक्रिय हुन राजीनामा दिएको बताएका छन् ।

“बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु,” परियारको राजीनामा पत्रमा उल्लेख छ ।

उनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको टिप्पणी गरेका छन् । “यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ,” परियारले पत्रमा लेखेका छन्, “जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो ।”

परियारले पार्टीमा रहँदा निरन्तर विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसक्नुलाई आफ्नो कमजोरीको रूपमा लिएको बताएका छन् ।

RSP-1763111461.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *