ओलीको प्रश्न : दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेताहरूलाई स्थानहद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताएका छन‍्।

चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको भन्दै उनले यस्तो बताएका हुन्।

नेकपा एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै  ओलीले राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो भन्दै प्रश्न समेत गरे।

‘यो सरकार चुनाव गराउने भन्छ। नेताहरूलाई स्थानहद तोकेको छ। जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने,’ अध्यक्ष ओलीले भने, ‘राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *