गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

काठमाडौं। ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोश पोखेका छन् ।

बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए।

उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ। गृह मन्त्रालयले काम गर्न सकेको छैन्। उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ। हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो। हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई वा हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौँ। उहाँले त जेनजीहरुलाई समातिराख्नु भएको छ। पोलिटिकल पार्टीकाहरुलाई छोएको पनि छैन्। मलाई त कहिलेकहिले उहाँ(गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ।’

गुरुङले जेनजी आन्दोलनको भावना अनुसार चल्न नसके मार्ग प्रशस्त गर्न पनि गृहमन्त्री अर्याललाई सुझाव दिएका छन्। गुरुङले जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेको भन्दै त्यस अनुसार चल्न नसके मार्गप्रशस्त गर्न गृहमन्त्री अर्याललाई सुझाव दिएका हुन्।

अहिले जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने मन्त्रीहरुको आवश्यकता रहेको उनले बताए। उनले गृहमन्त्री बाहेक अन्य मन्त्रीहरुले भने जेनजी आन्दोलनको भावना अनुसार काम गरिरहेको दाबी गरे। शिक्षा, स्वास्थ लगाएत क्षेत्रमा चरम भ्रष्टाचार भएकाले सवै मिलेर अव भ्रष्टाचार मुक्त देश बनाउनुपर्ने बताए।।

उनले १०-१५ जना फ्याट्ट-फुट्ट छ्टि्टा देखिएका जेनजीहरु वडासम्मै समिति बनाएर जान नसक्ने खालको रहेको भन्दै आफूहरुले वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *