गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाई

काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त जानु लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहंदा र नेतृत्वमा छोटै समय रहेपनि उनले देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीहरूको मनोबल उच्च नै रहेको बताएका छन्।

३० वर्षीय अनिवार्य सेवा पश्चात् बुधवार मध्यरातबाट अवकाशमा जना लागेका खापुङलाई सुखद अवकाश जीवनको बधाई दिँदै मन्त्री अर्यालले खापुङले उनको अनुभव अवकाश जीवन पछि पनि राष्ट्रलाई काम लाग्ने बताए।

सरकार गठनको परिस्थिति र अवस्थाबारे बताउँदै गृहमन्त्री अर्यालले आइजिपीसँगको सम्बन्ध छोटो नै भए पनि विशेष रह्यो। गृह मन्त्रालयको नेतृत्व र प्रहरी प्रमुख र सम्पूर्ण जिम्मेवार प्रहरीहरूको अनुभव र कार्यकुशलताले मात्रै समग्रमा एउटा राष्ट्र सफल हुने विचार गृहमन्त्री अर्यालले व्यक्त गरे।

यस्तै कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले गृह र सुरक्षा संगठनका भूमिका फरक भएता पनि दुवैको लक्ष एउटै हो। संगठनको नेतृत्वमा रहेर खापुङले देखाउनु भएको कार्यकुशलताको प्रसंशा गर्नु हुँदै सचिव अर्यालले उनको अवकाश पछिको जीवन थप सफल, सुखमय, फलदायी र ऊर्जाशील रहने विश्वास व्यक्त गरे। गृहमन्त्री अर्यालले भने, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गर्छ। ”

कार्यक्रममा बोल्नु हुँदै आइजिपी खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने कुरा व्यक्त गरे। आइजीपी खापुङले मन्त्री अर्यालज्यूको नेतृत्व क्षमता कार्यकुशलताको आजीवन तारिफ गरिरहने बताए। उनले प्रहरीको मनोवल उठाउनु पर्ने विषयमासमेत जोड दिए। खापुङले आफ्नो कार्यकालमा समन्वय, सहकार्य र सदभाव देखाउनु हुने सबैलाई धन्यवादसमेत दिए।

कार्यक्रमको अवसरमा निवृत्त हुन लाग्नु भएका खापुङलाई गृहमन्त्री अर्याल र सचिव दंगालले मायाको चिनो, फुल माला र खादाले बिदाइ गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *