मधेसका मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ। सर्वोच्च अदालतले मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिसम्बन्धमा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालिन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको हो।

रकी प्रसाद साह समेतले सोमबार दायर गरेको रिटको पहिलो सुनुवाईमै उक्त आदेश जारी गर्दै सर्वोच्चले मंसिर ११ गते अन्तिम सुनुवाई गर्ने भएको छ।

आदेशमा भनिएको छ, रिट निवेदनको विषयवस्तु संवेदनशील, सार्वजनिक महत्वको संवैधानिक प्रत्र र छिटो छरितो ढुंगो लगाउनु पर्ने प्रकृतिको देखिँदा कुनै पनि पक्षले पेशी स्थगित गर्न नपाउने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई अन्तिम सुनुवाईको लागि मंसिर ११ गते बोलाइएको छ ।

बिरामी भएको बहानामा काठमाडौं हिडेकी तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान महोत्तरीको बर्दिबासमा रहेको एक होटलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी थिइन् ।  होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाउनले भण्डारी पदमुक्त भइसकेकी छन् भने नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले शपथ लिइसकेका छन् ।

मधेस प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै एमाले बाहेकका ७४ सांसदले मंगलबार नै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । उक्त रिटमा बुधबार पेसी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *