राजेन्द्र लिङ्देन र कमल थापाबीच भेटघाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ । मंगलबार काठमाडौंस्थित एक होटेलमा दुई अध्यक्षबीच छलफल भएको हो ।

लिङ्देनले सकारात्मक कुराकानी भएको भन्दै सामाजिक सञ्जालबाट भेटघाटको तस्बिर सार्वजनिक गरेका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, समान विचार भएका व्यक्ति, पार्टीसँग छलफल अघि बढाइएको छ ।

“परिवर्तित सन्दर्भमा विभिन्न राजनीतिक पार्टीबीच ध्रुवीकरण बढिरहेको छ । हामीले समान विचार भएको व्यक्ति, समूह दलसँग छलफल गर्ने क्रममा उहाँहरूबीच भेटघाट भएको हो,” श्रेष्ठले भने ।

श्रेष्ठले समान धारणा राख्नेसँग छलफल जारी रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *