आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।

बैठक मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दुई दिन स्थगित गरिएको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ ।

बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ भने महाधिवेशन कहिले गर्ने भन्नेबारे नेताहरु फरक–फरक धारणा राखिरहेका छन् ।

पार्टी नेता तथा पूर्वमन्त्री मो. आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक आइतबार र सोमबार  दुई दिन स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *